Menu

By Rama Mandal

संगीत जगतमा नअस्ताउने तारा

भूपेन्द्र रायमाझी नेपालको सांगितिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आउनुभएको एउटा महान हस्तीको नाम हो । संगीत जगतमा नअस्ताउने ताराको रुपमा रही हजारौं गीतहरूमा कर्णप्रिय संगीत दिई नेपाली श्रोताहरुको मनमुटुमा बास गर्नुभएको छ । बिगत ४० बर्षदेखि अनवरत रुपमा संगीतको साधना गर्दै आउनुभएका रेडियो नेपालका संगीत शाखा प्रमुख एवं प्रतिष्ठित श्रेणीका संगीतकार मेरो आदरणीय दाइ, गुरु एवं मलाई संगीत जगतमा परिचित गराउने भूपेन्द्र रायमाझी बहुप्रतिभाशाली हुनुहुन्छ ।

गीतहरूमा संगीत दिनुको साथसाथै, उहाँले गीत लेखन, संगीत संयोजन (arranging) तथा कतिपय गीतहरूमा गायनसमेत गर्नुभएको छ । गिटार, हारमोनियम, मेण्डोलिन, कङ्गो, माउथ अर्गन, बेन्जो, पियानो, सन्तुर लगायत प्रायजसो सबै संगीत साधनहरू (instruments) बजाउन सिपालु महान संगीतकार भूपेन्द्र रायमाझीको सयौं सुपरहिट गीत गाउने सौभाग्य मैले पनि पाएको छु ।

वहाँ नोटेशनको जानकार हुनुहुन्छ र आफै नोटेशन लेखेर तीन, चारवटा फिलिम एकैपटक लिएर मुम्बईमा गई गीत रेकर्डिङ गराउनुभएको छ । यो देखेर त्यहाँका रेकर्डिस्ट र म्युजिसियनहरू छक्क पर्थे । वहाँको विशेषता गीतमा कुनै सम्झौता नगर्ने (no-compromise), असल शब्द छानिने, राती अबेरसम्म बसेर संगीत तयार गर्ने गर्नुहुन्थ्यो । वहाँजस्तो लिभिङ लेजेण्टलाई मेरो हृदयदेखि नमन छ । जय संगीत ।

Rama Mandal Rama Mandal Singer, Radio Nepal